‘परालको आगो’ वैशाख ११ मा हलमा आउँदै

फिल्म गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा आधारित छ । यही कथामा ४५ वर्षअघि प्रताप सुब्बाले फिल्म निर्देशन गरेका थिए ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

'Paralak Ago' to hit theaters on April 11

काठमाडौँ — फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। दसैं अघिबाट म्याग्दीका विभिन्न स्थानबाट छायांकन थालिएको यो फिल्मको 'प्याकअप' ४० औं दिनमा सम्पन्न भएको हो । 

'Paralak Ago' to hit theaters on April 11छायांकन सकिएलगत्तै निर्माण पक्षले फिल्मको तीन तस्बिर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेको छ । यो फिल्म आगामी वैशाख ११ बाट प्रदर्शनमा आउने बताइएको छ । सार्वजनिक तस्बिरमा अभिनेत्री सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल र सिर्जना अधिकारी देखिन्छन् । यो फिल्ममा उनीहरुसहित शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेकाको अभिनय छ । 

सुशील देवकोटाको लेखन रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । संकल्प भुजेलले खिचेका फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’मा आधारित फिल्म हो । यही कथामा ४५ वर्षअघि प्रताप सुब्बाले फिल्म निर्देशन गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully