बलिउड अभिनेता धर्मेन्द्रको निधन

अस्पतालबाट फर्किएको दुई सातामै धर्मेन्द्रको निधन भएपछि परिवार र बलिउड कलाकारहरू पवन हंश आर्यघाटमा अन्तिम संस्कारमा उपस्थित भएका छन् ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Bollywood actor Dharmendra passes away

काठमाडौँ — बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । केही समयअघि मात्रै निधनको अफवाह फैलिएको खबर आफैले पढेका धर्मेन्द्रको ८९ वर्षको उमेरको निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । 

उनको परिवार यतिखेर पवन हंश आर्यघाटमा अन्तिम संस्कारका लागि पुगेको छ । दुई साताअघि मात्रै धर्मेन्द्रलाई अस्पतालबाट घर फिर्ता ल्याइएको थियो । उनलाई ब्रेक क्यान्डी अस्पतालमा उपचारका लागि राखिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पत्नी हेमा मालिनी र छोरी इशा देवललगायत अमिताभ बच्चन, आमिर खानलगायतका बलिउड हस्ती आर्याघाट प्रस्थान गरिसकेका छन् ।

यतिखेर बलिउड फिल्मकर्मीले धर्मेन्द्रलाई धेरैले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् ।  

कान्तिपुर

Link copied successfully