'पुरानो गाउँ'मा सहरको कुरा

सोनाम लामाको कोरियोग्राफी, दीप गुरुङको निर्देशन, पदम सुवेदीको सम्पादन र रंग संयोजनमा तयार भएको गीतमा गाउँबाट सहरमा रूपान्तरणको कथा छ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

City talk in the 'old village'

काठमाडौँ — गुमन गुरुङको प्रस्तुतिमा बनेको नयाँ गीत सार्वजनिक भएको छ । 'पुरानो गाउँ'बोलको यो गीतमा कलाकार ओम गुरुङ र रीना गुरुङको अभिनय छ । 

सीताराम परियारको शब्द, शीतल गुरुङ र शान्ति श्री परियारको आवाज यो गीत बजारमा आएको हो । एच.बि.एन. किस्मतले एरेन्ज गरेको यो गीतको भिडियोलाई विजय लामाले खिचेका हुन् ।

पदम सुवेदीले गीतको भिडियोलाई सम्पादन गरेका हुन् । उनैले गीतमा रंग संयोजन गरेका हुन् । सोनाम लामाको कोरियोग्राफीमा बनेको गीतको भिडियोलाई दीप गुरुङले निर्देशन गरेका हुन् ।

गीतमा पुरानो गाउँ कसरी सहरमा परिणत हुँदैछ भन्ने भाव प्रस्तुत छ ।

कान्तिपुर

Link copied successfully