सिरिजको नयाँ सिजन आगामी २१ नोभेम्बरमा प्राइम भिडियोमा रिलिज हुँदैछ ।
काठमाडौँ — दर्शकले प्रतीक्षा गरिरहेको लोकप्रिय सिरिज ‘द फ्यामिली म्यान’को तेस्रो सिजन छिट्टै रिलिज हुन लागेको छ । यो सिरिज आगामी २१ नोभेम्बरमा प्राइभ भिडियोमा रिलिज हुँदैछ ।
सिरिजको सुटिङ र पोस्ट–प्रोडक्सन दुवै पूरा भइसकेको बताइएको छ ।
स्पाइ–थ्रिलर जनरामा आधारित यस सिरिजमा मनोज बाजपेयीले एक ‘र एजेन्ट’को चरित्र बाँचेका छन् ।
सिरिजमा मनोज बाजपेयी श्रीकान्त तिवारीको पात्रमा छन् । एक यस्तो खुफिया अधिकारी, जो परिवार र देशप्रतिको कर्तव्यबीच निरन्तर दोहोरो दबाबमा परिरहेको हुन्छ ।
सिरिजका दुई सिजन चर्चित भएका थिए । यो सिरिज अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ । निर्देशकद्वय राज र डिकेले यस फ्रेन्चाइजलाई भारतको उत्कृष्ट स्पाइ–थ्रिलर सिरिजको रूपमा स्थापित गरेका छन् ।
पहिलो सिजनमा पाकिस्तानसँग सम्बन्धित द्वन्द्व र दोस्रो सीजनमा श्रीलंका/चेन्नईसँग जोडिएको द्वन्द्व देखाइएको थियो । तेस्रो सिजनमा श्रीकान्त नर्थ–इस्ट भारतमा फैलिएको खतरनाक गठबन्धनसँग भिड्ने छन् ।
अघिल्ला सिजनमा श्रीकान्तले आफ्नो परिवारबाट वास्तविक पहिचान लुकाएका थिए । तर यस पटक उनी आफ्नै घरमा आफू र एजेन्ट भएको कुरा खुलाउनेछन् ।
यस सिजनमा मनोज बाजपेयी, प्रियमणि, शारीब हाश्मी, अश्लेषा ठाकुर र वेदांत सिन्हाको अभिनय रहनेछ ।
