‘हर्ष’को गीतमा खगेन्द्र र वर्षा

फिल्म मंसिर १२ देखि प्रदर्शनमा आउँदैछ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Khagendra and Varsha in the song 'Harsh'

काठमाडौँ — प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हर्ष’को ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’बोलको गीत सार्वजनिक भएको छ । एकता पौडेलको डेब्यू निर्देशनमा बनेको फिल्मको यो गीतमा मुख्य कलाकारहरू खगेन्द्र लामिछाने र वर्षा राउत देखिन्छन् । 

नीरकमल खड्काको शब्द तथा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । 

फिल्म मंसिर १२ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा खगेन्द्र र वर्षासँगै अन्य कलाकार निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

यो फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

कान्तिपुर

Link copied successfully