बालेनको युट्युबबाट आयो ‘फसायो लमी’

फिल्म पुस ४ देखि प्रदर्शनमा आउँदैछ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

'Fasayo Lami' comes from Balen's YouTube

काठमाडौँ — फिल्म ‘झरिपछिको इन्द्रेणी’को नयाँ गीत बजारमा आएको छ । निर्माण पक्षले हालै फिल्मको ‘फसायो लमी’ले बोलको गीत सार्वजनिक गरेको हो । 

गीतको भिडियो काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युबबाट सार्वजनिक गरिएको हो । 

अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्मको यो गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारको अभिनय छ । समीक्षा अधिकारी र वसन्त थापाको स्वर समावेश गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका हुन् । गीतलाई अहिलेसम्म एक लाख बढीले युट्युबमा हेरिसकेको छ । 

यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । ‘झरिपछिको इन्द्रेणी’ पुस ४ देखि प्रदर्शनमा आउँदैछ । 

कान्तिपुर संवाददाता

Link copied successfully