जारी २ को गीत 'युमा हजुरी' सार्वजनिक

कवि उपेन्द्र सुब्बा निर्देशित फिल्ममा पूर्वी नेपालको लिम्बू समाज, त्यहाँको संस्कृति र जनयुद्ध समेटिएको छ ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

Jaari 2's song 'Yuma Hazuri' released

काठमाडौँ — प्रदर्शनरत फिल्म  ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सको युट्युबबाट फिल्मको 'युमा हजुरी’बोलको गीत सार्वजनिक गरिएको हो । 

हर्क साउदको शब्दमा मनोज थापा मगरको संगीत रहेको यस गीतमा सुनिता थेगिमको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर देखिन्छन् । निर्माण टिमले यो पटक 'जारी २'को दुई भर्सन प्रदर्शनमा ल्यायो । ३ दिनसम्म 'प्रडुसर्स कट' देखाएपछि गत मंगलबारदेखि 'डिरेक्टर्स कट' हलमा लाग्यो । 

कवि उपेन्द्र सुब्बा निर्देशित फिल्ममा पूर्वी नेपालको लिम्बू समाज, त्यहाँको सँस्कृति र जनयुद्ध समेटिएको छ । फिल्ममा मिरुना र दयाहाङसँगै अभिनेता विजय बरालको प्रमुख भूमिका छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा उनीहरुसँगै अन्य कलाकारमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

कान्तिपुर संवाददाता

Link copied successfully