'परान'ले कमायो ७ करोड ५० लाख

पारिवारिक कथामा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन मात्रै ६४ सो प्राप्त गरेको थियो ।

कार्तिक २८, २०८२

कान्तिपुर संवाददाता

'Paran' earned 75 million

काठमाडौँ — व्यवसायिक घराना गोल्छा समूहले बनाएको 'परान'ले दुई सातामा ७ करोड ५० लाखको व्यापार गरेको छ ।

कात्तिक १४ देखि प्रदर्शनमा आएको फिल्मले अहिले घरेलु बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै ७ करोडमाथिको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शनको पहिलो र दोस्रो दिन खासै दर्शक नपाएको यो फिल्म अहिले भने हाउसफुल दर्शकसहित हलमा चलिरहेको छ । फिल्मले आज (शुक्रबार) २ सय १० सो प्राप्त गरेको छ । 

पारिवारिक कथामा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन मात्रै ६४ सो प्राप्त गरेको थियो । तर, अहिले भने अधित्कतम सो प्राप्त गरेको छ । दीपकप्रसाद आचार्यको डेब्यु निर्देशनमा बनेको फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सह-स्वामित्वमा स्थापित कम्पनी 'बाइस्कोप सिनेमा'ले निर्माण गरेको हो । 

फिल्ममा अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङलगायतको अभिनय छ ।

कान्तिपुर संवाददाता

Link copied successfully