'लैजाउ कि कतै मलाई' सार्वजनिक 

मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन् ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

'Take Me Somewhere' released

काठमाडौँ — सरित राईको संगीत एवं अरेन्जमेन्टमा ‘लैजाउ कि कतै मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

लोक–फ्युजन शैलीको नयाँ लिरिकल गीत, स्वर मिलन विश्वकर्मा, सलिना विक र आशिष महरको लोक–फ्युजन शैलीको लिरिकल गीतमा मिलन विश्वकर्मा, सलिना बिक र आशिष महरको स्वर रहेको छ। गीतका शब्द शैलेश गिरीले रचेका हुन्।

यो गीत ‘नेपाल आइडल सिजन ६’ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एक हो। गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन्।

गीतमा बाँसुरी–तन्मय मणि (पश्चिम बंगाल), सितार–शुभंकर हजारिका (असम) र गितार–एलुहिन इयाजको समावेश रहेको छ।

कान्तिपुर

Link copied successfully