यम शेर्पा निर्देशित ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु तथा बाल कलाकार शाइसा गौचनसहितको अभिनय छ ।
काठमाडौँ — फिल्म ‘मिरमिरे’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माणाधीन फिल्मका दुई पोस्टर निर्माण टिमले सार्वजनिक गरेका हुन्।
एउटा पोस्टरमा अभिनेता दयाहाङ राई एक बाल कलाकारसँग देखिन्छन् भने अर्कोमा अभिनेता प्रकाश सपूत र सिर्जना चित्रित छन्। दयासँग देखिएका बाल कलाकार शाइसा गौचन हुन्।
यम शेर्पाको निर्देशन रहेको यो फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु प्रमुख भूमिका छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत छन्। चलचित्रका बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ।
निर्देशक यमले यसअघि ‘कार्साङ’ निर्देशन गरेका थिए। ‘मिरमिरे’को कथा निर्देशक शेर्पाले आफैले लेखेका हुन्। फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्।
