दर्शकको मन जित्दै बाउ-छोरा सम्बन्धमाथि बनेका फिल्म

‘परान’ र ‘पूर्ण बहादुरको सारंगी’ फिल्मको प्रमुख समानता हो– बा र छोराबीचको सम्बन्ध । ‘पूर्णबहादुरको सारंगी’मा बा (विजय बराल) ले छोरालाई डाक्टर बनाउने सपना देख्छन् ।

कार्तिक २६, २०८२

समर्पण श्री

Films based on father-son relationships are winning the hearts of the audience.

What you should know

काठमाडौँ — फिल्म ‘परान’को अन्तिम दृश्यमा अभिनेता महेश त्रिपाठीको पात्र श्रीमती र सन्तानलाई निजी गाडीमा राखेर अमेरिकामा यात्रा गरिरहेको छ । उसले श्रीमतीलाई भन्छ, ‘माया, हामीले अमेरिकामा आएर कति कमायौ रे ?’ श्रीमतीको चरित्र बाँचेकी अन्जना बराइली भन्छिन्, ‘त्यही एक करोड जति होला ।’ ‘म एक करोड दिन्छु, कसैले यो सेटमा मेरो बालाई राखिदिन सक्छ ?’

महेशको यो संवादले भक्कानिएका दर्शकहरू फिल्म सकिनासाथ आँसु पुछ्दै हलबाहिर निस्किरहेका छन् । दीपक आचार्य निर्देशित फिल्मले रिलिजको पहिलो साता राम्रो व्यापार गर्न सकेन । तर दोस्रो साताबाट भने फिल्मले हलहरूमा प्रशस्तै दर्शक पाउन थालेको छ ।

फिल्मले पहिलो साता नपाएको दर्शक दोस्रो सातादेखि कसरी अनपेक्षित रूपमा जुटायो त ? फिल्मले ‘वर्ड अफ माउथ’ बटुल्दै गयो । हल-हलमा दर्शकहरू रुँदै बाहिरिएको भिडियोहरू भाइरल हुन थालेपछि दर्शक संख्या बढ्न थाल्यो । बक्स अफिस रिपोर्टअनुसार फिल्मले शनिबारसम्म ३ करोड ७१ लाखभन्दा माथिको कमाइ गरेको छ ।  

२०८१ सालमा रिलिज भएको सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारंगी’को परिदृश्य यसपटक पनि दोहोरियो । यो फिल्म पनि रिलिजको केही दिनसम्म त हलमा दर्शकहरूको अभाव थियो । तर विस्तारै मान्छेहरू फिल्म हेरेर रोएको दृश्यपछि फिल्मले लय समात्यो । फिल्मले हालसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनायो ।

चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार नेपालमा मात्र फिल्मले ४६ करोडभन्दा माथिको व्यापार गर्‍यो । ‘परान’ र ‘पूर्ण बहादुरको सारंगी’ फिल्मको प्रमुख समानता हो- बा र छोराबीचको सम्बन्ध । ‘पूर्णबहादुरको सारंगी’मा बा(विजय बराल)ले छोरालाई डाक्टर बनाउने सपना देख्छन् ।

Films based on father-son relationships are winning the hearts of the audience.

कठोर संघर्ष गरेर उनी छोरा(प्रकाश सपुत) लाई डाक्टर बनाउँछन् । तर छोरा डाक्टर बनेको देख्न नपाई उनको मृत्यु हुन्छ । ‘परान’मा पनि बा–छोराबीचको कारुणिक कथा छ । ‘परान’मा भने बा(नीर शाह)का तीन छोरा हुन्छन् । तर तिनै छोरा गाउँमा हुन्नन् । कोही सहर त कोही विदेश । कान्छो छोरा (महेश) भने पलायन नहोस् भन्ने चाहना हुन्छ । तर गाउँ वा देशमा बसेर केही हुन्न भन्ने भाष्यका कारण सन्तानहरू विदेश हुँदा बा पात्र कसरी एक्लो हुन्छ ? कथा यही वरिपरि छ ।

पछिल्लो समय नेपाली फिल्महरूमा बा र छोराबीचको सम्बन्धका कथाहरू अटाइरहेका छन् । गत भदौ ६ गते हिमाल न्यौपाने  निर्देशित फिल्म ‘जनै हराएको मान्छे’ रिलिज भयो । रोचक कुरा त के भने ‘पूर्ण बहादुरको सारंगी’मा बा बनेका विजय बराल ‘जनै हराएको मान्छे’मा छोराको भूमिकामा छन् । यो फिल्ममा पनि बा(भोलाराज सापकोटा) छोरालाई विदेश पठाउने पक्षमा हुँदैन । तर छोरा (विजय)को सपना भने विदेश गएर पैसा कमाउने र बालाई सुखसाथ राख्ने हुन्छ ।

Films based on father-son relationships are winning the hearts of the audience.

२०८१ जेठ १८ गते रिलिज भएको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’मा पनि बा छोराकै सम्बन्धको कथा थियो । बा (दयाहाङ)ले छोरा(प्रशन राई)को चाहना पूरा गर्न गरेको संघर्षकै कथा फिल्ममा थियो ।

२०७९ कात्तिक ११ गते रिलिज भएको फिल्म ‘महापुरुष’मा पछि बा छोराकै सम्बन्धको कथा थियो । फिल्ममा बा(हरिवंश आचार्य)लाई कान्छो छोरा (अरुण क्षेत्री)ले बुढेशकालमा विवाह गराउन जुन संघर्ष गर्छन्, त्यो फिल्मको मुख्य कथा थियो । यो फिल्मले पनि हलमा मनग्गे दर्शक तानेको थियो ।

Films based on father-son relationships are winning the hearts of the audience.

हिन्दी फिल्म ‘बागवान’बाट प्रभावित भएर २०७९ फागुन ५मा रिलिज भएको फिल्म ‘फूलबारी’मा पनि बा छोराकै सम्बन्धको कथा जोडिएको थियो । वृद्ध उमेरमा बा आमा (विपीन कार्की,अरुणा कार्की) कसरी छोराहरूबाट एक्लिँदै जान्छन् भन्ने कथा फिल्मको मुख्य विषयवस्तु थियो । यो फिल्मले पनि दर्शकहरूबाट मध्यम प्रतिक्रिया पाएको थियो ।

नेपालमा मात्र हैन, संसारभर नै बा–छोरा सम्बन्धमाथि बनेका फिल्महरूले दर्शक तानेका छन् । बलिउडमा बागवान, जापानिज फिल्म लाइक फादर लाइन सन,  इटालियन फिल्म ‘बाइसाइकल थिभ्स’,  लाइफ इज ब्युटिफूल, अमेरिका फिल्म ‘द पर्स्युट अफ ह्याप्पिनेस’, चिनियाँ फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ लगायत थुप्रै फिल्महरू छन्, जसले बा र छोराको सम्बन्धको कथा सुन्दर तरिकाले भन्छन् ।

किन रुचाइन्छ ?

फिल्ममेकर मनोज बाबु पन्त बा छोरा सम्बन्धको कथा युनिभर्सल हुने भएकाले सबैलाई जोड्न सक्ने बताउँछन् । ‘ बा छोरा भनेको आर्किटाइपल क्यारेक्टर हुन् । संसारभर जसले पनि आफूमा कनेक्ट गर्न सक्छ । फिल्म हेर्दा सबैलाई आफ्नो बाजस्तो लाग्ने । जुनसुकै वर्ग, समुदायको कथा भए पनि सम्बन्धको कथा आफ्नै कथाजस्तो लाग्छ,’ पन्त भन्छन् ।

फिल्म लेखक तथा समीक्षक सामित्यराज तिमल्सेना यो सन्दर्भमा फ्राइडका दुई सिद्धान्त एडिपस कम्प्लेक्स र इलेक्ट्रा कम्प्लेक्स लागू हुने बताउँछन् ।  ‘फ्राइड साइकोलोजीअनुसार  संसारभर जसले पनि बाउ छोराबीचको सम्बन्धलाई रिलेट गर्न सक्छ,’ उनी भन्छन्, ‘हरेक बा छोराको सम्बन्धमा कतै न कतै प्रतिष्पर्धात्मक भाव हुन्छ । एक ठाउँमा पुगेपछि बाउ छोराले एक ठाउँमा पुगेपछि एक अर्कालाई समर्पण गर्छद्द् । जब त्यो फिल्मकार्फत् बाहिरिन्छ । हेर्दा मजा हुन्छ ।’ 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully