धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज, अब उपचार घरमै

पछिल्ला दिनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका धर्मेन्द्रलाई अब परिवारले घरमै उपचार गर्ने निर्णय गरेको आधिकारिक वक्तव्यमा उल्लेख छ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Dharmendra discharged from hospital, now receiving treatment at home

काठमाडौँ — बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएको छ । आज बिहान करिब ७:३० बजे उनलाई ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरेर परिवारले घर लगेको छ ।

परिवारले अब उनलाई घरमै उपचार गराउने निर्णय गरेको छ । उनलाई जुहूस्थित बीच हाउसमा लगिएको थियो । डिस्चार्ज हुनुअघि उनका छोरा बबी देओल अस्पताल पुगेका थिए । अहिले धर्मेन्द्र घरमै छन्  । 

धर्मेन्द्रलाई पछिल्ला केही दिनदेखि स्वास्थ्य समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो । सोमबार उनको अवस्था केही बिग्रिएपछि परिवारका सबै सदस्य अस्पताल पुगेका थिए ।

धर्मेन्द्रको परिवारले आधिकारिक वक्तव्य जारी गर्दै बाँकी उपचार घरमै हुने जनाएको पनि छ । ‘अब कसैले पनि अनावश्यक अड्कलबाजी नगरोस्। धर्मेन्द्रजी र हाम्रो परिवारको गोपनीयताको सम्मान गर्नुहोला । उहाँ सबैको माया, शुभकामना र प्रार्थनाका लागि आभारी हुनुहुन्छ,’ परिवराले जारी गरेको वक्तव्यमा भनिएको छ । 

यो वक्तव्य बबी देओल घर फर्किएलगत्तै जारी गरिएको थियो ।

मंगलबार भने धर्मेन्द्रको स्वास्थ्य अवस्थाबारे भ्रामक समाचार सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूले फैलाएका थिए । परिवारले भने भ्रामक समाचारप्रति आपत्ति समेत जनाएको थियो । 

कान्तिपुर

Link copied successfully