यी हुन् आगामी वर्षका प्रतीक्षित भारतीय फिल्म

शाहरुख खान, प्रभास, रणवीर सिंह, आलिया भट्ट, सलमान खानलगायतका शीर्ष कलाकारले अभिनय गरेका बहुप्रतिक्षित सात भारतीय फिल्म आगामी वर्ष दर्शकको विशेष चासोका केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

These are the most anticipated Indian films of the coming year.

What you should know

काठमाडौँ — आगामी २०२६मा रिलिज हुने भारतीय फिल्महरूलाई लिएर दर्शकहरूमा चासो छ । केही प्रतीक्षित फिल्महरूबारे यहाँ चर्चा गरिनेछ ।

१. द राजा साब

यो फिल्ममा प्रभास र सञ्जय दत्तको महत्त्वपूर्ण भूमिका छ । यो फिल्म ९ जनवरीमा रिलिज हुनेछ । फिल्ममा सञ्जय दत्त डबल रोलमा देखिनेछन् । उनीहरूको पहिलो लुक सार्वजनिक भइसकेको छ । यो फिल्मलाई धेरै पटक स्थगित गरिएको थियो । 

२. लभ एन्ड वार 

सञ्जय लीला भन्सालीको यो फिल्म मार्च ०२६ मा आउँदै थियो । यो फिल्म रिलिज मिति भने सर्ने चर्चा छ । फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन् ।  जसले ग्रे–शेड क्यारेक्टर निभाउनेछन् । फिल्ममा विकी कौशल सैनिकको भूमिकामा छन् । फिल्ममा आलिया भट्ट पनि प्रमुख पात्रका रूपमा छिन् ।  

३. अल्फा 

वाईआरएफ स्पाई युनिभर्सको यो अर्को ठूलो प्रोजेक्ट हो । यो पहिलो महिला–केन्द्रित स्पाई फिल्म पनि हो। फिल्ममा आलिया भट्ट र शरवरी वाघ फिल्मको मुख्य भूमिकामा छन् । बबी देओल भिलेनको रूपमा देखिनेछन् । यो फिल्म १७ अप्रिल, २०२६ मा रिलिज हुनेछ । अनिल कपूर पनि फिल्ममा विशेष भूमिकामा छन् । 

४. किङ

शाहरुख खानको फिल्म ‘किङ’  सन् २०२६ को सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक हो । यो फिल्ममा शाहरुखकी छोरी सुहाना खान पनि यही फिल्ममार्फत थिएटर डेब्यु गर्दैछिन् । फिल्ममा अभिषेक बच्चन मुख्य खलनायकका रूपमा देखिनेछन् । अभिषेक यसअघि पनि नकारात्मक भूमिकामा सफल भएका छन् । 

५. राजा शिवाजी 

यो फिल्ममा रितेश देशमुखले निर्देशन र अभिनय दुवै गर्दैछन् । उनी छत्रपति शिवाजी महाराजको भूमिकामा देखिनेछन् । फिल्ममा सलमान खानको विशेष उपस्थित रहनेछ ।

सञ्जय दत्तले यसमा अफजल खानको भूमिका निभाउनेछन् । सलमान र सञ्जयबीचको भिडन्त फिल्मको मुख्य आकर्षण हुनेछ । यो फिल्म १ मे, २०२६ मा विभिन्न भाषामा रिलिज हुनेछ ।

६. हैवान 

प्रियदर्शनद्वारा निर्देशित यो फिल्म ‘मोहनलाल’ अभिनीत मलयालम फिल्म ‘ओप्पम’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा छन् । 

उनको सामना सैफ अली खानसँग हुनेछ । अक्षय र सैफ लामो समयपछि फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म सन् २०२६ मा रिलिज हुनेछ । 

७. रामायण

दिवालीको अवसरमा निर्देशक नीतेश तिवारीको ‘रामायण’ रिलिज हुनेछ। रणवीर कपूर रामको भूमिकामा छन् भने यश रावणको भूमिकामा । फिल्मको बजेट करिब ४००० करोड भारु रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully