अभिनेता धर्मेन्द्रको निधन भन्दै अफवाह फैलाइएको प्रति परिवारको आपत्ति

धर्मेन्द्र केही दिनअघि नियमित चेकअपका लागि अस्पतालमा भर्ना भएका थिए । परिवारका अनुसार उनको उपचार जारी छ ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Actor Dharmendra's family objects to rumors spread about his death

काठमाडौँ — बलिउड अभिनेता धर्मेन्द्र यतिबेला अस्पतालमा उपचाररत छन् । मंगलबार बिहानैदेखि उनको निधनको झुटो समाचार सामाजिक सञ्जाल र केही भारतीय सञ्चारमाध्यममा फैलिरहे । त्यो अफवाहले धर्मेन्द्र परिवारलाई नै झन् दुखित तुल्याइरहेको छ ।

धर्मेन्द्र केही दिनअघि नियमित चेकअपका लागि अस्पतालमा भर्ना भएका थिए । परिवारका अनुसार उनको उपचार जारी छ ।

धर्मेन्द्र पत्नी अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा अफवाह फैलाउनेप्रति आपत्ति जनाएकी छन् । ‘जिम्मेवार मिडिया संस्थाहरूले कसरी यस्ता आधारहीन समाचार फैलाउन सक्छन्?’ भन्दै उनले आक्रोश व्यक्त गरेकी छन् । उनले धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको पनि बताइन् ।

उनले यस्तो अफवाह फैलाउनुलाई अत्यन्त अपमानजनक र असंवेदनशील भएको उल्लेख गरिन् । उनले मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यो कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरिन् ।

धर्मेन्द्रकी छोरी ईशा देओलले पनि यस्ता अफवाहहरूको विरोध गर्दै मिडियालाई बिनाप्रमाण जानकारी फैलाउनमा हतारो नगर्न आह्वान गरिन् । 

धर्मेन्द्र अस्पतालमा भर्ना भएको समाचार सोमबार सार्वजनिक भएको थियो । त्यसपछि यो अफवाह फैलन थाल्यो । धर्मेन्द्र भारतीय सिनेमा क्षेत्रका एक चर्चित अभिनेता हुन् । 

कान्तिपुर

Link copied successfully