यो साता ओटीटीमा कस्ता फिल्म आउँदै छन् ?

नोभेम्बर १३ र १४ मा नेटफ्लिक्स, जियो हटस्टार, जी५ लगायतका ओटीटी प्लेटफर्ममा भारतीय र अन्तर्राष्ट्रिय दर्जनौं नयाँ फिल्म तथा सिरिज रिलिज हुँदै छन् ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

What movies are coming out on OTT this week?

What you should know

काठमाडौँ — नोभेम्बर २०२५ को दोस्रो साता विभिन्न भारतीय र अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा निकै प्रतीक्षित फिल्म र सिरिज रिलिज हुँदै छन् ।

सबैभन्दा पहिले ‘दिल्ली क्राइम सिजन ३’ १३ नोभेम्बर मा नेटफ्लिक्समा रिलिज हुँदै छ । सिरिजमा शेफाली शाह फेरि एकपटक ‘म्याडम सर’को भूमिकामा देखिँदै छिन् भने हुमा कुरैशी भिलेनको रूपमा ‘ठूली दिदी’को पात्रमा देखिँदै छिन् ।

यो सिरिजलाई रिची मेहताले निर्माण गरेका छन् ।

१४ नोभेम्बरमा विभिन्न भाषाका थुप्रै फिल्म र सिरिज ओटीटीमा आउँदै छन् । मलयालम ब्ल्याक कमेडी फिल्म ‘अविहितम’ जियो हटस्टारमा रिलिज हुँदै छ, यसको निर्देशन सेन्ना हेगडेले गरेका छन् ।

यसमा उन्नी राज, रणजी कनकोई र विनीत चकयार प्रमुख भूमिकामा छन् । त्यसैगरी, मराठी सस्पेन्स थ्रिलर फिल्म ‘दशावतार’ पनि १४ नोभेम्बरमै जी५मा आउनेछ । यसलाई सुबोध खानोलकरले निर्देशन गरेका छन् र यसमा महेश मांजरेकर, भरत जाधव, सिद्धार्थ मेनन लगायतका कलाकार छन् ।

मलयालम भाषाकै अर्को थ्रिलर सिरिज ‘इन्स्पेक्सन बंगला’ पनि यही मितिमा जी५मा रिलिज हुँदै छ । यो सिरिज नीना नायर प्रोडक्सनको ब्यानरमा बनेको हो । यसमा मनोहारी जोय, शभरीश बर्मा, श्रीजीत रवि, शाजु श्रीधर लगायतका कलाकार छन् ।

बलिउडतर्फ, सबैभन्दा ठूलो आकर्षण बनेको छ ‘जोली एलएलबी ३’, जुन १४ नोभेम्बरदेखि नेटफ्लिक्स र जियो हटस्टार दुवैमा उपलब्ध हुनेछ । शुभाष कपूर निर्देशित यो फिल्ममा अक्षय कुमार र अरशद वारसी प्रमुख भूमिकामा छन् । यो फिल्मले १९ सेप्टेम्बर २०२५ मा थिएटरमा रिलिज भई १०० करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

यस्तै, अनुराग कश्यप निर्देशित ‘निशानची’ पनि १४ नोभेम्बरमा अमेजन प्राइम भिडियोमा आउनेछ। ऐश्वर्य ठाकरे, वेदिका पिन्टो, मोनिका पंवार, कुमुद मिश्रार विनीत कुमार सिंहको अभिनय रहेको यो फिल्म क्राइम ड्रामा शैलीमा बनेको हो ।

अर्को चर्चित तेलुगु फिल्म ‘तेलुसू कदा’ पनि १४ नोभेम्बरमै नेटफ्लिक्समा रिलिज हुनेछ । नीरजा कोणाको निर्देशनमा बनेको यो रोम्यान्टिक ड्रामा फिल्ममा सिद्दू जोन्नालगड्डा, राशी खन्ना रश्रीनिधि शेट्टी मुख्य भूमिकामा छन् ।

यही हप्तामा विभिन्न अन्तर्राष्ट्रिय फिल्म र सिरिजहरू पनि ओटीटीमा आउने तयारीमा छन् । गुजराती फिल्म ‘आन्टीप्रनर’ १३ नोभेम्बरमा शेमारूमीमा आउनेछ । ‘ए मेरी लिट्ल एक्स-म्यास’, ‘बीइङ एडी’ र ‘डाइनामाइट किस’ जस्ता अमेरिकी तथा कोरियन सिरिजहरू १२ नोभेम्बरमा नेटफ्लिक्समा रिलिज हुँदै छन् ।

जापानी सिरिज ‘लास्ट सामुराई स्ट्यान्डिङ’ १३ नोभेम्बरमा आउनेछ भने ‘इन योर ड्रिम्स’ (एनिमेटेड एड्भेन्चर फिल्म) र ‘जुरासिक वर्ल्ड : रिबर्थ’ (साइन्स फिक्सन एक्सन फिल्म) १४ नोभेम्बरमा क्रमशः नेटफ्लिक्स र जियो हटस्टारमा उपलब्ध हुनेछन् ।

कान्तिपुर

Link copied successfully