‘जन नायकन’ लिएर आउँदै छन् थलपति विजय

यो फिल्मलाई विजयको ‘अन्तिम चलचित्र’ मानिएको छ । किनकि अब उनी राजनीतिमा प्रवेश गर्न लागेका छन् ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Thalapathy Vijay is coming with 'Jana Nayakan'

काठमाडौँ — दक्षिण भारतीय सुपरस्टार थलपति विजयको नयाँ फिल्म ‘जन नायकन’ अहिले चर्चामा छ। यो फिल्म आगामी वर्ष सिनेमाघरमा रिलिज हुने तयारीमा छ ।

यो फिल्मलाई विजयको ‘अन्तिम चलचित्र’ मानिएको छ । किनकि अब उनी राजनीतिमा प्रवेश गर्न लागेका छन् । 

भारतीय सञ्चारमाध्यमका रिपोर्टअनुसार ‘जन नायकन’को सुटिङ पूरा भइसकेको छ । फिल्मको ओटीटी अधिकार अमेजन प्राइम भिडियोले किनेको छ ।

अमेजन प्राइमले यस फिल्मका सबै भाषाका अधिकार १० करोड भारतीय रुपैयाँमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्  । यद्यपि यसबारे आधिकारिक पुष्टि अझै आएको छैन ।

एच विनोदको निर्देशनमा बनेको यो फिल्म ‘राजनीतिक एक्सन थ्रिलर’ शैलीको हुनेछ । फिल्ममा थलपति विजयले पूर्वप्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । हालै सार्वजनिक गरिएको टिजरमा उनी प्रहरीको पोसाकमा छन् । उनले हातमा चक्कु बोकेका छन् । 

‘जन नायकन’ २०२६ जनवरी ९ मा रिलिज हुने तय भएको छ । सोही दिन प्रभास अभिनित ‘द राजा साब’ पनि रिलिज हुँदै छ । 

‘जन नायकन’लाई थलपति विजयले आफ्नो राजनीतिक यात्रा अघि प्रशंसकहरूलाई दिएको विशेष उपहारको रूपमा हेरिएको छ ।

कान्तिपुर

Link copied successfully