फिल्म आगामी पुस १० देखि प्रदर्शनमा आउनेछ
काठमाडौँ — रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा आर्थिक अभावमा परेका एक युवाले परिवारका लागि गरिएको संघर्ष देखाइएको छ ।
फिल्मले युवाहरूको परदेश सपना, गाउँघरको प्रेम र संघर्ष समेटेको छ । आगामी क्रिसमस (पुस १०) बाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य अभिनय छ।
फिल्ममा उनी दुईसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोलालगायतको अभिनय छ ।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा देवेन्द्र कुँवरको कोरियोग्राफी छ । अजय रेग्मीले खिचेको फिल्ममा किरण भुषालको संगीत छ ।
