‘अभिमन्यू: च्याप्टर वान’ अब मंसिर १८ मा

फिल्म मंसिर १८ देखि प्रदर्शनमा आउने

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

'Abhimanyu: Chapter One' now on Mangsir 18

काठमाडौँ — थुप्रै पटक प्रदर्शन स्थगन भएको फिल्म ‘अभिमन्यू: च्याप्टर वान’ले नयाँ प्रदर्शन मिति तय गरेको छ ।  फिल्म अब मंसिर १८ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । 

फिल्मको प्रदर्शन यसअघि जेन-जी आन्दोलनका कारण प्रभावित बनेको थियो । फिल्मको सबै प्रचार सकेर प्रदर्शनको अन्तिम तयारीमा रहँदा देशमा जेन-जी आन्दोलन भयो । त्यसपछि बाढीले पनि फिल्मको प्रदर्शनलाई प्रभावित बनायो । अब भने निर्माण पक्षले मंसिरमै फिल्मलाई हलमा ल्याउने तयारी थालेका हुन् । 

हालै फिल्मको नयाँ पोस्टरसमेत सार्वजनिक भयो । सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतको प्रमुख भूमिका छ । 

मुकेश खनालले लेखेको यो फिल्ममा शरद महतोको सिनेमेटोग्राफी, मनोज श्रेष्ठको भीएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ ।

कान्तिपुर

Link copied successfully