फिल्म कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ
काठमाडौँ — कात्तिक २१ बाट प्रदर्शनमा आउने फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को सेन्सर पास भएको छ । फिल्मले चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको हो । फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार यो फिल्ममा अभिनेता दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अन्य कलाकारहरु बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
प्रदर्शनको अन्तिम तयारीमा रहँदा निर्माण पक्षले हल व्यवसायीलाई फिल्ममा जुन किसिमको साउन्ड प्रयोग छ, उस्तै सुनिने गरी प्रदर्शन गरिदिन आग्रह गर्दै विज्ञप्तिसमेत सार्वजनिक गरेको छ ।
