‘मनबिनाको धन’लाई शो कम दिएको भन्दै टंकको गुनासो- 'म हार्दै छु'

फिल्मलाई हलहरूले कम शो दिइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबकुमार्फत गुनासो गरेका छन् ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Tanka complains about being given less show for 'Manabinako Dhan' - 'I'm losing'

काठमाडौँ — नेपालका हलहरूमा नेपाली फिल्म रिलिजको क्रममा पर्याप्त शो नपाउने गुनासो प्राय: फिल्मकर्मीहरूले गरिरहन्छन् ।

आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘मनबिनाको धन’को हकमा पनि निर्देशक टंक बुढाथोकीले सोही गुनासो गरे ।

फिल्मलाई हलहरूले कम शो दिइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबकुमार्फत गुनासो गरेका छन् ।

उनले आफूलाई हराउन लागिएको भन्दै फेसबुकमा पोखिएका छन्, ‘सिनेमाघर सञ्चालकहरूले 'मनबिनाको धन’लाई नपत्याए पनि हामीलाई हजुरहरुले पत्याउनुभएको छ ।’

कतिपय ठाउँमा त शो नै नदिने निर्णयले दु:ख लागेको भन्दै थपेका छन्, ‘म हार्दैछु, मसँगै अशोकले पनि हार्दै छन् । न्याय तपाईंहरूकै हातमा छ ।’

फिल्ममा गायक अशोक दर्जीको मुख्य भूमिका छ । सात वर्षअघि अशोकलाई संगीतकार समेत रहेका टंकले ‘मनबिनाको धन’ गीतबाट सांगीतिक क्षेत्रमा डेब्यु गराएका थिए । 

कान्तिपुर

Link copied successfully