‘जेरी अन टप’ले टप गर्‍यो सर्वाधिक कमाइ

फिल्ममा नेपाललगायत अस्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका दर्जनौं देशमा एकसाथ प्रदर्शनमा आएको छ ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

'Jerry on Top' tops the list of highest grossers

काठमाडौँ — अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कमाइ गर्ने फिल्मको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

गत असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मले घरेलु बक्सअफिसमा बुधबारसम्म ११ करोड ४३ लाखमाथिको व्यापार गरेको हो । गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म 'ऊनको स्वीटर'ले घरेलु बक्स अफिसमा ११ करोड ४१ लाखको व्यापार गरेको थियो । प्रदर्शनको २० औं दिनमा सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मले 'ऊनको स्वीटर'लाई पछाडि पार्दै ११ करोड ४३ लाखको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । हलमा प्रदर्शनरत यो फिल्म प्रेमकथामा आधारित छ ।

फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायतका कलाकारको प्रमुख अभिनय छ । 

अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुति रहेको यो फिल्म अष्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका दर्जनौं देशहरूमा एकसाथ प्रदर्शनरत छ ।

कान्तिपुर संवाददाता

Link copied successfully