‘पुष्पा’ फिल्मको सफलतापछि अल्लु अर्जुन र निर्देशक ‘पुष्पा ३’को तयारीमा पनि जुटेका छन् । ‘पुष्पा २’को अन्तिम दृश्यमा यसको संकेत दिइएको थियो ।
काठमाडौँ — फिल्म ‘पुष्पा’को सफलतापछि अभिनेता अल्लु अर्जुन भारतीय सिनेमामा निकै लोकप्रिय बने ।
‘पुष्पा २’ को सफलतापछि उनका प्रशंसक झन् थपिए । अहिले भने अल्लु अर्जुन के गर्दै छन् त ? प्रशंसकहरूलाई उनका नयाँ फिल्मबारे चासो छ । उनी अहिले विभिन्न प्रोजेक्टमा व्यस्त छन् । यो फिल्म भारतीय सिनेमाको तेस्रो सबैभन्दा महँगो फिल्म बन्नेछ ।
यसको बजेट ८०० करोड रुपैयाँभन्दा बढी हुनेछ । यो फिल्म २०२७ मा रिलिज हुने अनुमान गरिएको छ । यसमा अल्लु अर्जुनको साथ दीपिका पादुकोण पनि मुख्य भूमिकामा हुनेछिन् ।
‘पुष्पा’ फिल्मको सफलतापछि अल्लु अर्जुन र निर्देशक ‘पुष्पा ३’को तयारीमा पनि जुटेका छन् । ‘पुष्पा २’को अन्तिम दृश्यमा यसको संकेत दिइएको थियो । यद्यपि रिलिज मितिचाहिँ तय छैन ।
उनले ‘सार्रेनोडु’ फिल्मको सिक्वेल ‘सार्रेनोडु २’को काम पनि सुरु गर्ने सम्भावना छ । निर्देशक बोयापति श्रीनु र अल्लु अर्जुनको सहकार्यमा पहिले नै काम सफल भएको छ । अब उनीहरूले यसको सिक्वेलमा काम गर्ने योजना बनाइरहेका छन् ।
सञ्जय लीला भन्सालीसँग पनि अल्लु अर्जुनले फिल्म गर्ने योजना बनिरहेको छ । लामो समयदेखि यो फिल्मको बारेमा चर्चा भइरहेको छ । दुईबीचमा सकारात्मक संवाद भएको छ । यद्यपि, अहिलेसम्म यसको बारेमा कुनै आधिकारिक घोषणा गरिएको छैन ।
एसएस राजामौली अहिले आफ्नो महाकाव्यात्मक १००० करोडको फिल्ममा व्यस्त छन्, जसमा महेश बाबुले मुख्य भूमिका निभाउनेछन् । यसबीच राजामौली र अल्लु अर्जुनसँगको सहकार्यको चर्चा पनि भइरहेको छ ।
‘केजीएफ’ र ‘सलार’ जस्ता फिल्म बनाएका प्रशान्त नीलसँग पनि अर्जुनले नयाँ फिल्म बनाउने चर्चा छ । दुवैका बीचमा स्क्रिप्टको बारेमा छलफल भएको छ । तर अहिले यो प्रोजेक्ट कन्फर्म छैन ।
कोरटाला शिवाको फिल्म ‘देवरा’ले दर्शकहरूलाई प्रभावित पारेको छ । कोरटालाले एकपटक अल्लु अर्जुनलाई स्क्रिप्ट सुनाएका थिए । उनको फिल्मबारे चाँडै थप छलफल हुने पनि चर्चा छ ।
