‘रमिताको पिरती’ बाट गायक समीर श्रेष्ठले डेब्यु गर्दै

निर्माण पक्षले बुधबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै आगामी माघ २३ मा फिल्म प्रदर्शनमा ल्याउने घोषणासमेत गरेको छ ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Singer Sameer Shrestha makes his debut with 'Ramita Ko Pirati'

काठमाडौँ — 'रमिताको पिरती'बाट गायक समीर श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् । निर्माण पक्षले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गर्दै आगामी माघ २३ मा फिल्म प्रदर्शनमा ल्याउने घोषणासमेत गरेको छ ।

यो फिल्मलाई सुदिप्ताले निर्देशन गरेकी हुन् । निर्माण पक्षले सार्वजनिक गरेको फस्टलुकमा अभिनेत्री आना शर्मा, धिरज मगर र समीर श्रेष्ठ देखिन्छन् । पत्रकार सम्मेलनमै यो फिल्मबाट युवा गायक समीर श्रेष्ठले फिल्ममा डेब्यु गर्ने जानकारी दिइएको हो ।

महिला प्रधान यस फिल्ममा आनाको प्रमुख भूमिका छ । फिल्मको पोस्टरलेसमेत यही दर्शाउँछ । समीर ‘थामन हात’, ‘जे छौ तिमी’, ‘हेर न’, ‘मेरो मनमा’लगायतका गीतका गायक हुन् । सुरुवातमा फिल्ममा संगीतकारका रुपमा जोडिए पनि कथावस्तु मन परेपछि अभिनयमा सरिक भएको समीरले बताए । 

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

शिशिर विशांखेले खिचेको यो फिल्ममा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ । फिल्मको कार्यक्रममा विकास बोर्डका अध्यक्ष दिनेश डीसी, किम्फ(काठमाडौं माउन्टेन फिल्म फेस्टिभल)को निर्देशक रम्यता लिम्बूलगायत फिल्मकर्मीको उपस्थित थिए ।

कान्तिपुर

Link copied successfully