फिल्म आगामी मंसिर १२ बाट प्रदर्शनमा आउने ।
काठमाडौँ — फिल्म 'हर्ष'को ट्रेलर सार्वजनिक भएको छ । एकता पौडेलको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म पारिवारिक कथावस्तुमा बनेको छ ।
ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई देखाइएको छ । फिल्म आगामी मंसिर १२ बाट प्रदर्शनमा आउनेछ ।
न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही लघु फिल्म बनाएकी छन् ।
'हर्ष'मा कलाकारहरु खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाले खिचेको यो फिल्ममा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत छ । लोकेश बज्राचार्यले सम्पादन गरेको यो फिल्ममा सुनील क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन् ।
