‘आकाशैको छड्के पानी’ सार्वजनिक

प्रेमिल भाव बाेकेकाे गीतकाे भिडियाेमा सविना राउत, निर्मल श्रेष्ठ, देविका गौतम लगायतको अभिनय छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

'Water falling from the sky' made public

काठमाडौँ — निरज नकर्मीको आवाज, शब्द तथा संगीतमा ‘आकाशैको छड्के पानी’बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।

गीतलाई राजेन्द्र वाइवाले एरेन्ज गरेका हुन् । गीतमा अमन शाहीको गितार, धर्म गन्धर्वको सारङ्गी र अनिश गन्धर्वको मादल समावेश छ ।

मान राजभण्डारीको मिक्सिङमा तयार भएको यो गीतको भिडियोमा कलाकार सविना राउत, निर्मल श्रेष्ठ, देविका गौतम लगायतको अभिनय छ । कमल प्रजापतिको निर्देशन र सम्पादनमा तयार भएको यो गीतमा प्रेमिल भाव पोखिएको छ । 

कान्तिपुर

Link copied successfully