मंगलबारदेखि सुरू हुने नाटक २१ गतेसम्म मञ्चन हुनेछ ।
काठमाडौँ — अभिनेता बुद्धि तामाङ र उमेश तामाङको निर्देशनमा नाटक ‘मिलारेपा’ मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
चाङ ड्योन हेरुले लेखेको कथालाई रविन तामाङले नाट्य रुपान्तरण गरेका हुन् । मंगलबारदेखि सुरू हुने नाटक २१ गतेसम्म मञ्चन हुनेछ । नाटकमा रुपेश लामा, रमिला मोक्तान, मिलन कार्की, पुष्कर कार्की, सुदीप खतिवडा लगायतको अभिनय रहनेछ ।
