आजदेखि हलमा 'परान'

फिल्म पारिवारिक कथावस्तुमा आधारित छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

'Paran' in theaters from today

काठमाडौँ — पारिवारिक कथामा बनेको फिल्म 'परान' आजदेखि प्रदर्शनमा आएको छ । नीर शाहको प्रमुख भूमिका रहेको फिल्मले देशभरका हलमा उत्साहजनक सो प्राप्त गरेको छ ।

बिहीबार मात्रै निर्माण पक्षले फिल्मकर्मी, पत्रकारबीच फिल्मको प्रिमियर आयोजना गरेको थियो ।

फिल्ममा उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ । 

शिवराम श्रेष्ठले खिचेको यो फिल्ममा मित्र डी. गुरुङको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

कान्तिपुर

Link copied successfully