'मायाले रुवायो'मा विजय र समृद्धि

फिल्म 'वरिष्ठ बलराम'ले प्रदर्शनको पाँचौं दिन दुई करोड कमाएको निर्माण पक्षले जनाएको छ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Victory and prosperity in 'Love Cried'

काठमाडौँ — प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम'को नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । फिल्मको 'मायाले रुवायो'बोलको गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ ।  

कात्तिक ६ देखि प्रदर्शनमा आएको फिल्मको यो गीतमा प्रशान्तकै शब्द र संगीत छ । गीतको भिडियोमा भने विजय बराल र समृद्धि अर्यालको अभिनय छ । यसअघि फिल्मको 'न्याउली वनैमा'लाई दर्शकले अत्यधिक रुचाइदिएका थिए ।

फिल्मले प्रदर्शनको पाँचौं दिन दुई करोड कमाएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा विजय र समृद्धिसँगै दयाहाङ राई, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके डन) लगायतको अभिनय छ । मनकृष्ण महर्जनले खिचेको यो फिल्ममा प्रशान्त सिवाकोटीको संगी र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

कान्तिपुर संवाददाता

Link copied successfully