एउटै फिल्ममा सँगै देखिँदैछन् गोविन्दा र सलमान

सन् २००७ मा ब्लकबस्टर हिट ‘पार्टनर’ पछि गोविन्दा र सलमान खानले फेरि सँगै स्क्रीन सेयर गर्ने चर्चा बलिउडमा व्यापक भएको छ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Govinda and Salman to be seen together in the same film

काठमाडौँ — बलिउडका दुई अभिनेता पुनः फिल्ममा एकसाथ देखिने चर्चा सुरु भएको छ । गोविन्दा र सलमान खान दुई दशकपछि पुनः फिल्ममा सँगै देखिने प्रसँगबारे बलिउडका सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् ।

गोविन्दा बलिउडमा धेरै समयपछि कमब्याक गर्दैछन् । उनीहरू अभिनित २००७ मा रिलिज भएको फिल्म ‘पार्टनर’ फिल्म पनि ब्लकबस्टर साबित भएको थियो ।

उनीहरूले सँगै काम गर्ने भनिएको प्रोजेक्ट हाल प्रारम्भिक चरणमा छ । फिल्मको शीर्षक अहिलेसम्म तय भएको छैन । सलमान खानले पनि गोविन्दासँग फेरि काम गर्न सक्ने संकेत ‘बिग बोस १९’मा दिएका थिए ।

गोविन्दाले सामाजिक सञ्जालमा पनि आफ्नो कमब्याकको संकेत गरेका थिए । उनले तस्बिर सेयर गर्दै क्याप्सन लेखेका थिए, ‘नयाँ सुरुवातका लागि तयार छु ।’ सलमान खान छिट्टै ‘ब्याटल अफ गलवान’मा देखिँदै छन् ।

जसमा उनले एक आर्मी अफिसरको भूमिका निभाउनेछन् । यो फिल्मको निर्देशन अपूर्व लाखियाले गरिरहेका छन् ।

केही समयअघि सलमानले लद्दाखमा यसको सुटिङ पनि गरेका थिए ।

कान्तिपुर

Link copied successfully