सकियो 'अब सुन्छ अमेरिका'

न्युयोर्कदेखि सन फ्रान्सिस्कोसम्म बद्री, प्रताप र एलिनाले अगस्टदेखि अक्टोबरसम्म नेपाली दर्शकलाई गीतमार्फत मनोरञ्जन दिएका कार्यक्रम संयोजकले जनाए।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

It's over, 'Now America is listening'

काठमाडौँ — गायकहरु बद्री पंगेनी, प्रताप दास र एलिना चौहानको सहभागितामा  फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम 'अब सुन्छ अमेरिका'को समापन भएको छ ।

सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यु ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, सिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो , सन फ्रान्सिस्कोलगायतको ठाउँमा सांगीतिक कार्यक्रम भएको थियो । 

 तीन महिने लामो सांगीतिक कार्यक्रममा  बद्री, प्रताप र एलिनाले दर्शकलाई आफ्ना गीतमार्फत मनोरञ्जन गराएका थिए ।

कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम सुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीमाझ यो कार्यक्रम आयोजना गरिएको जनाए ।

'समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकार मित्रसँग गरेको सर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु । यसका लागि कलाकार मित्रहरू, स्थानीय आयोजक, प्रायोजक, आदरणीय दर्शकहरू, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया तथा सामाजिक प्रयोगकर्ताहरू साथै यस कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा अहोरात्र खटिएर सहयोग गर्नुहुने तपाई सम्पूर्ण प्रति आभारी छु,'अधिकारीले भने ।

कान्तिपुर

Link copied successfully