राजेश हमालले आफ्नो पहिलो फिल्म ‘युगदेखि युगसम्म’मा २० हजार पारिश्रमिक पाएको खुलासा गरेका छन्, जुनमध्ये १५ हजार मात्र पाएका थिए ।
What you should know
काठमाडौँ — नेपाली फिल्म क्षेत्रमा कलाकारको पारिश्रमिकको विषयलाई लिएर बेलाबेलामा चर्चा भइरहन्छ । चर्चित अनुहारहरूले पछिल्लो समय ५० लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक फिल्ममा लिने गरेको पनि फिल्म वृत्तमा चर्चा भइरहन्छ ।
तर आजभन्दा तीनदशअघि नेपाली कलाकारहरूको पारिश्रमिक कति हुन्थ्यो । अभिनेता राजेश हमालले आफ्नो डेब्यू फिल्म ‘युगदेखि युगसम्म’मा काम गर्दाको पारिश्रमिकबारे उनको हालै सार्वजनिक भएको पुस्तक ‘युगदेखि युगसम्म : जीवन, सिनेमा र समाज’मा खुलासा गरेका छन् ।
लेखक यज्ञशसँगको अन्तर्वार्तामा उनले आफ्नो पहिलो फिल्मको पारिश्रमिक २० हजार रहेको बताएका छन् । ‘युगदेखि युगसम्ममा मेरो पहिलो पारिश्रमिक २० हजार रुपैयाँ थियो । त्यसमध्ये १५ हजार रुपैयाँचाहिँ मैले पाएँ । बाँकी ५ हजारको मतलब गरिनँ,’ उनले भनेका छन् । (व्यावसायिकताको लामो बाटो, जेन ८२) ।
‘युगदेखि युगसम्म’ फिल्म त्यतिबेला हिट भयो । ‘यो सफल भएपछि फिल्ममा पारिश्रमिक बढ्यो होला नि ?’ यज्ञशको प्रश्नमा हमालले नलुकाइ जवाफ दिएका छन् । हमालका अनुसार दोस्रो फिल्म ‘अधिकार’मा उनले केही बढी पारिश्रमिक मागेका थिए । तर फिल्मका निर्देशक प्रकाश थापा बढी दिन सहमत भएनन् ।
थापाले नेपाली फिल्ममा एउटा कलाकारलाई त्यत्रो पारिश्रमिक दिने भन्दै असन्तोष जनाए । ? बरु धेरैभन्दा धेरै दिए पहिलेको फिल्मभन्दा ५ हजार बढी दिनुपर्छ भन्ने अडान लिए । दोस्रो फिल्ममा भने उनको पारिश्रमिक २५ हजार थियो । तर त्यसमा पनि दुई हजार कम आयो ।
राजेशलाई त्यसपछि आफ्नो श्रम शोषण भएको अनुभूति भयो । त्यसपछि उनल पूरा पारिश्रमिक लिएर मात्र काम गर्न थाले ।
