परेश रावलले अस्वीकार गरे ‘दृश्यम ३’

परेश रावलले स्क्रिप्ट राम्रो भएको भए पनि भूमिका आफूलाई उत्साहजनक नलागेकाले 'दृश्यम ३' मा नखेल्ने खुलासा गरेका छन्।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

Paresh Rawal rejects 'Drishyam 3'

काठमाडौँ — बलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दृश्यम ३’ निर्माणको तयारीमा छ । यतिबेला टिम पात्रहरू छनोटको क्रममा छ ।

कलाकार परेश रावलले भने फिल्म खेल्नका लागि अस्वीकार गरेको बलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई अभिनेता देवगनले महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव गरेका थिए ।

तर रावलले यसबारे खुलासा गरे, ‘स्क्रिप्ट साँच्चै राम्रो छ । म वास्तवमै धेरै प्रभावित छु । तर एक अद्भुत स्क्रिप्टमा तपाईंलाई एउटा यस्तो भूमिका चाहिन्छ जसले तपाईंलाई उत्साह देओस् । नत्र मजा आउँदैन । मलाई यो भूमिका आफ्नो लागि उपयुक्त लागेन । त्यसैले अस्वीकार गरेँ ।’

'दृश्यम' का दुई भाग पहिले नै रिलिज भइसकेका छन् । यी दुवै भाग निकै हिट समेत भए । यो फिल्म मलयालम फिल्मको रिमेक हो ।

फिल्मको पहिलो भाग १० वर्षअघि अर्थात् २०१५ मा रिलिज भएको थियो ।

अहिले फिल्मको तेस्रो भागको सुटिङको चर्चा चलिरहेको छ । जसलाई अभिषेक पाठकले निर्देशन गर्नेछन् ।

कान्तिपुर

Link copied successfully