‘१०० डेज’ अब वेब सिरिज : नयाँ जोडी, नयाँ रोमाञ्च

प्रसिद्ध फिल्म ‘१०० डेज’ का निर्माता जय मेहताले अभिषेक कुमार र सृष्टि सिंहको मुख्य भूमिकामा नयाँ वेब सिरिज ल्याउने तयारी गरेका छन् ।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

'100 Days' now a web series: New couple, new romance

काठमाडौँ — सन् १९९१ मा माधुरी दीक्षित र ज्याकी श्राफ अभिनित फिल्म ‘१०० डेज’ प्रदर्शन भएको थियो ।

त्यतिबेला राम्रो प्रशंसा पाएको उक्त साइकोलोजिकल थ्रिलर फिल्म नयाँ स्वरुपसहित दर्शकहरूमाझ आउने भएको छ ।

फिल्मका निर्माता जय मेहताले फिल्मलाई एक वेब सीरिजमा रूपान्तरण गर्न लागिएको खुलासा गरेका छन् । जसमा अभिषेक कुमार र सृष्टि सिंह मुख्य भूमिकामा देखिनेछन् । 

त्यतिबेला यो फिल्म सुपरहिट भएको थियो । फिल्ममा ज्याकी श्राफ र माधुरी दीक्षितको जोडी निकै रुचाइएको थियो ।

जय मेहताका अनुसार नयाँ भर्सनमा कथालाई पूर्ण रूपमा आधुनिक बनाइएको छ । ‘हामीले फिल्मको आत्मा जोगाउँदै यसलाई नयाँ युगको हिसाबले डिजाइन गरेका छौँ । यो कहानी डर र सस्पेन्सको मिश्रण हुनेछ, जसले दर्शकहरूलाई जकडेर राख्नेछ,’ जय मेहताले भने ।

वेब सिरिजको सुटिङ भइसकेको र २०२५ को अन्त्यसम्म रिलिज गर्ने योजना बनाइएको छ ।

यो सिरिज एमएक्स प्लेयरको प्लेटफर्म एमएक्स फटाफटमा रिलिज गरिनेछ । ‘१०० डेज’ १९८४को तमिल फिल्म 'नूरवथु नाल' को रिमेक थियो । 

कान्तिपुर

Link copied successfully