हलमा दया र विजयको जोडी

फिल्म कात्तिक ६ देखि प्रदर्शनमा

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

Daya and Vijay's couple in the hall

काठमाडौँ — तिहारको अवसरमा प्रदर्शनमा आएको फिल्म 'वरिष्ठ बलराम'ले दर्शकको सकारात्मक साथ पाएको छ । दयाहाङ राई र विजय बराल अभिनीत फिल्मले प्रदर्शनको दोस्रो दिन पनि उत्तिकै साथ पाएपछि नयाँ सो थप गरिएको निर्माण टिमले जनाएको छ । 

फिल्मले प्रदर्शनको पहिलो दिन ७० देखि ८० प्रतिशतको अकुपेन्सी प्राप्त गरेको थियो । यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो फिल्ममा दया र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके डन) लगायतको अभिनय छ । 

फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ ।

फिल्म कात्तिक ६ देखि प्रदर्शनमा आएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully