'कस्तुरी'मा निखिल र वर्षाको जोडी

फिल्मको छायांकन आउँदो मंसीरदेखि काठमाडौं र आसपासका क्षेत्र हुने ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Nikhil and Varsha's pairing in 'Kasturi'

काठमाडौँ — फिल्म 'कस्तुरी' बन्ने भएको छ । फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य अभिनय रहनेछ ।

'टेन प्लास्ट इन्डस्ट्रीज'का व्यवसायी धिरज अग्रवालले यो फिल्मलाई निर्माण गर्ने भएका हुन् । ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्म सस्पेन्स थ्रीलर विधामा बन्ने भएको हो । फिल्ममा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने जनाइएको छ । 

फिल्ममा निखिल कर वर्षासँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईँ र निर्मल शर्माको अभिनय रहनेछ । आलोक शुक्लाले खिच्ने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । फिल्मको छायांकन आउँदो मङ्सिरदेखि काठमाडौँ र आसपासका क्षेत्रमा हुने निर्माण पक्षले जनाएको छ ।

कान्तिपुर

Link copied successfully