फिल्म कातिक ७ बाट प्रदर्शन आउँदैछ ।
काठमाडौँ — कातिक ७ बाट प्रदर्शनमा आउने फिल्म 'मैझारो'को सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई 'युनिभर्सल' प्रमाणपत्र प्रदान गरेको छ ।
यो फिल्मलाई हास्य कलाकार विल्सन विक्रम राईले निर्देशन गरेका हुन् । फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ समेटिएको छ । फिल्मको कथा, पटकथा र निर्देशन राईकै हो ।
फिल्ममा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायतको अभिनय छ। 'तक्मे प्रोडक्सन'को ब्यानरमा निर्माण भएको यो फिल्मलाई सौरभ लामाले खिचेका हुन् ।
