दाङको एक युवाको कथा फिल्ममा समेटिएको छ ।
काठमाडौँ — फिल्म 'कुमुदे हिँड्यो हिरो बन्न'को छायांकन सकिएको छ । जानकी पन्त निर्देशित फिल्ममा सपना देख्ने र त्यो पूरा गर्दा आइपर्ने चुनौतीको सामना गर्नेहरुको कथा छ ।
फिल्मको छायांकन दाङ र काठमाडौंमा गरी २८ दिनमा सकिएको हो । अहिले सन्देश शाहले फिल्मको सम्पादन गरिरहेका छन् । फिल्ममा कुमुद पन्तको प्रमुख अभिनय छ । अभिनेत्री ऋचा थापा र रविना परियारले पनि फिल्ममा अभिनय गरेका छन् । अन्य कलाकारमा विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकरराज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रविन बराइली, किरण मगर पुन, सरस्वती बिक छन् ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म जीवन कथामा आधारित छ । दाङको एक युवाको कथा फिल्ममा समेटिएको छ । फिल्ममा किरण दाहालको द्वन्द्व, विपिन आचार्य र ओम सुनारको संगीत छ ।
