अक्षय कुमारका फिल्म : कुनले कति कमाए ?

सन् २०१६ देखि अहिलेसम्म अक्षय कुमारका अधिकांश फिल्मले सय करोडभन्दा धेरै कमाउँदा केही फिल्मले २०० करोडको आँकडासमेत पार गरेका छन् ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Akshay Kumar's films: Which earned how much?

What you should know

काठमाडौँ — बलिउड अभिनेता अक्षय कुमार पर्दामा नियमित देखिइरहन्छन् । यही वर्ष मात्रै उनका ३ वटा फिल्म रिलिज भइसके । फिल्म ‘जोली एलएलबी ३’ले अपेक्षाकृत व्यापार त गरेन । यद्यपि सय करोड क्लबमा भने प्रवेश गरेको छ । अक्षयका पछिल्ला फिल्मले कति कमाए ? हामी यसबारे चर्चा गर्नेछौँ । 

‘जोली एलएलबी ३’ले हालसम्म भारतमा ११२.९० करोड रुपैयाँ कमाएको छ । यसअघि रिलिज भएका ‘हाउसफुल ५’ र ‘स्काई फोर्स’ ले क्रमशः १८३.३ करोड र १३१.४४ करोड रुपैयाँको कमाइ गरेका थिए ।

सन् ०२३ मा रिलिज भएको फिल्म ‘ओएमजी २’ले १ सय ५० करोडमाथिको व्यापार गरेको थियो । ०२१ मा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ले १ सय ९६ करोड कमाएको थियो ।

०१८ देखि ०१९ को अवधिमा अक्षयका ७ फिल्म रिलिज भए, जसमा गोल्ड, २.०, केसरी, मिसन मंगल, हाउसफुल ४ र गुड न्यूज गरी ६ फिल्मले क्रमशः १०४.७२ करोड, १८९.५५ करोड, १५४.४१ करोड, २०२.९८ करोड, १९४.६० करोड र २०५.१४ करोड रुपैयाँ कमाएका थिए । ‘प्याडम्यान’ले ८१.८२ करोड कमाइ गरेको थियो । 

त्यस्तै, ०१६ र ०१७ मा पनि अक्षयका पाँच फिल्महरू ‘एयरलिफ्ट’ (१२८.१ करोड), ‘हाउसफुल–३’ (१०९.१४ करोड), ‘रुस्तम’ (१२७.४९ करोड), ‘जोली एलएलबी २’ (११७ करोड) र ‘ट्वाइलेटः एक प्रेम कथा’ (१३४.४२ करोड)ले एक सय १०० करोड पार गरेका थिए ।

त्यो अवधिमा ‘नाम शबाना’ले मात्र ३६.७६ करोड कमाएको थियो । ०१२ मा अक्षयका ‘हाउसफुल २’ र ‘राउडी राठौर’ ले क्रमशः १०६ करोड र १३३.२५ करोड कमाएका थिए भने, ०१४ मा आएको ‘होलिडे : अ सोल्जर नेवर अफ ड्युटी’ ले ११२.४५ करोड रुपैयाँ कमाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully