भारतमा यस वर्ष कान्तरा, कुली, सैयारा र छावा जस्ता चर्चित फिल्महरूले विश्वव्यापी रुपमा पाँच सय करोडभन्दा माथि कमाएका छन्।
काठमाडौँ — हालैमात्र कन्नड अभिनेता तथा निर्देशक ऋषभ शेट्टीको फिल्म ‘कान्तरा : च्याप्टर’ले विश्वव्यापी रुपमा ५ सय करोडभन्दा माथिको व्यापार गर्यो ।
२ अक्टोबर २०२५मा यो फिल्म रिलिज भएको थियो । यो फिल्मको पटकथाकार, निर्देशक मात्र हैन, मुख्य अभिनेता पनि निर्देशक शेट्टी नै थिए ।
उनीसँगै रुक्मणि वसन्त, गुलसन देवैया र जयरामको पनि महत्वपूर्ण भूमिका फिल्ममा छ । यो फिल्मले भारतमा मात्र ३ सय ६० करोडभन्दा माथिको व्यापार गरिसकेको छ । नेपालमै मात्र फिल्मको कमाइ ६ करोडभन्दा माथि छ ।
यही वर्ष फिल्म ‘कुली’ले पनि ५ सय १८ करोडको व्यापार गरेको थियो । १२ अगस्टमा रिलिज भएको यो तमिल फिल्ममा रजनीकान्तको मुख्य अभिनय थियो । फिल्मले भारतमा मात्र २ सय ८५ करोडको व्यापार गरेको थियो ।
फिल्म ‘सैयारा’ले विश्वव्यापी रुपमा ५ सय ७० करोड माथि व्यापार गरेको थियो । फिल्मले भारतमा मात्र ३ सय २९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
यही वर्ष फिल्म ‘छावा’ले पनि विश्वव्यापी रुपमा ८ सय ७ करोडमाथि व्यापार गरेको थियो । फिल्मले भारतमा मात्र ६ सय १ करोडभन्दा माथिको व्यापार गरेको थियो ।
