‘वलिष्ठ बलराम’को गीतमा विजय बराल

फिल्म कात्तिक ६ देखि प्रदर्शनमा

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Vijay Baral in the song of 'Valishtha Balaram'

काठमाडौँ — कात्तिक ६ देखि प्रदर्शनमा आउने फिल्म ‘वलिष्ठ बलराम’को गीत सार्वजनिक भएको छ । फिल्मको ‘न्याउली वनैमा’बोलको गीत सार्वजनिक भएको हो । गीतमा प्रशान्त शिवाकोटीको शब्द र संगीत छ । गीतमा प्रशान्त र गायिका शान्तीश्री परियारको स्वर समावेश छ ।

गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङले, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायतको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा छ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

कान्तिपुर

Link copied successfully