'मैझारो'को टिजर सार्वजनिक

फिल्म कार्तिक ७ देखि प्रदर्शनमा ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Teaser of 'Maijharo' released

काठमाडौँ — फिल्म 'मैझारो'को टिजर सार्वजनिक भएको छ । आगामी कार्तिक ७ देखि प्रदर्शनमा आउने फिल्मको टिजरमा आउन लागेको फिल्मको टिजरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । 

तक्मेबुढाको उपनामले चिनिने विल्सन विक्रम राईको निर्देशनमा यो फिल्म बनेको हो । फिल्म किराँती मौलिक प्रेमकथामा आधारित छ । फिल्मको कथा निर्देश राईले नै लेखेका हुन् । यो फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।

'तक्मे प्रोडक्सन' को ब्यानरमा निर्मित फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ। सौरभ लामाले खिचेको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

कान्तिपुर

Link copied successfully