'परान'को पोस्टरमा शंख फुक्दै नीर शाह

फिल्म कार्तिक १४ देखि प्रदर्शनमा आउँदै ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Neer Shah blowing a conch in the poster of 'Paran'

काठमाडौँ — व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारीमा बनेको फिल्म 'परान'को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता नीर शाह शंख फुक्दै गरेको अवस्थामा देखिन्छन् । 

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको फिल्ममा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ। 

शिवराम श्रेष्ठले खिचेको फिल्ममा मित्र डि. गुरुङको सम्पादन छ । फिल्ममा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । यो फिल्म कार्तिक १४ देखि प्रदर्शनमा आउनेछ ।

कान्तिपुर

Link copied successfully