'हरिबहादुरको जुत्ता'को सेन्सर पास

फिल्म फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदै ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

'Hari Bahadur's Shoes' pass censor

काठमाडौँ — हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म 'हरिबहादुरको जुत्ता'को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यो फिल्मलाई 'युनिभर्सल' प्रमाण पत्र दिइएको निर्माण पक्षले जनाएको छ । 

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंशसँगै आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतको अभिनय छ।

यो फिल्म दसैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत छ ।

कान्तिपुर संवाददाता

Link copied successfully