फिल्मको प्रदर्शन मिति अझै तय भइसकेको छैन ।
काठमाडौँ — राज बहादुर सानेको निर्देशनमा 'लज्जावती' बन्ने भएको छ । घटस्थापनाको अवसरमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु भएको हो ।
फिल्मको छायांकन पशुपति आर्यघाटमा गरिनेछ ।
आहा फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा कलाकार मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा, माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको सबै काम सकिएपछि मात्रै प्रदर्शन मिति तय गर्ने निर्माण पक्षको तयारी छ ।
