'मैझारो'को पोस्टर बजारमा

धिरज, मिरुना र दियासँगै बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको 'मैझारो' फिल्ममा प्राकृतिक सौन्दर्य र मानव सम्बन्धको कथा समेटिएको छ ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

'Maijharo' poster in the market

काठमाडौँ — कात्तिक ७ देखि प्रदर्शनमा आउने फिल्म 'मैझारो'को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । 

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको यो फिल्ममा फिल्ममा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धको कथा समेटिएको छ ।

फिल्ममा धिरज, मिरुना र दियासँगै  बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय  छ । 

'तक्मे प्रोडक्सन'को ब्यानरमा निर्माण भएको यो फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन र सौरभ लामाको छायांकन छ ।  

कान्तिपुर

Link copied successfully