गंगा सोनामको नयाँ गीत 'गुनासो'

सोनाम नेपाल आइडल 'सिजन ६' की विजेता हुन् ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Ganga Sonam's New Song 'Gunaso'

काठमाडौँ — नेपाल आइडल विजेता बनेसँगै गायिका गंगा सोनामले नयाँ गीत बजारमा ल्याएकी छन् । उनको एकल स्वरमा 'गुनासो' बोलको गीत बजारमा आएको छ । 

गीतको भिडियोमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ । गीतमा लेखु सहयात्रीको संगीत छ । निकेश खडका निर्देशित गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । विकास धमलाले सम्पादन गरेको गीत प्रदीप चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा चापागाईंकै शब्द लेखन छ ।

सोनाम नेपाल आइडल 'सिजन ६'की विजेता हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully