पैसा, जीवन र संघर्षको कथा भन्ने यो फिल्म थ्रिलर जनरामा बनेको बताइएको छ ।
काठमाडौँ — आउँदो शुक्रबार, भदौ २७ गतेबाट फिल्म हलमा नयाँ नेपाली फिल्म 'अभिमन्यु' प्रदर्शनमा आउने भएको छ ।
'रेशम फिलिली', 'फाटेको जुत्ता', 'राज्जा रानी', 'गरुड पुराण', 'छड्के' जस्ता फिल्म खेलेका कामेश्वर चौरसिया मुख्य भूमिकामा देखिनेछन् ।
'पूर्णबहादुरको सारङ्गी' निर्माण गरेका विनोद पौडेल नै 'अभिमन्यु'का पनि निर्माता हुन् । फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यसअघि, 'रंगेली', 'फूलबारी', 'साइँली', 'क्याप्टेन' लगायतका फिल्ममा संगीत निर्देशन गरिसकेका गौतमको यो फिल्म 'डिरेक्टोरियल डेब्यू' पनि हो । त्यसो त उनले केही फिल्ममा अभिनेता, केहीमा गायक र केहीमा गीतकारका रूपमासमेत काम गरेका छन् ।
पैसा, जीवन र संघर्षको कथा भन्ने यो फिल्म थ्रिलर जनरामा बनेको बताइएको छ । फिल्ममा चौरसियासँगै, लक्ष्मी बरदेवा, सरिता गिरि, गौमाया गुरुङ, शिशिर वाङ्देल, सेबिता अधिकारी, प्रकाश दाहाललगायतका कलाकारको अभिनय देख्न पाइनेछ।
