ऋतिक रोशनबारे सिद्धार्थ आनन्द भन्छन् : बलिउडमा उनले अभिनेताको परिभाषा बदले

निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको अभिनय, नृत्य, निर्देशनमा अब्बल रहेको र काममा केन्द्रित रहने बानीले उनलाई सफल बनाएको बताए ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Siddharth Anand says about Hrithik Roshan: He changed the definition of an actor in Bollywood

काठमाडौँ — बलिउड अभिनेता ऋतिक रोशनले फिल्म क्षेत्रमा २५ वर्षभन्दा बढी बिताइसकेका छन् । अभिनय, नृत्य र लुक्सको कारण उनले थुप्रै प्रशंसक कमाएका छन् ।

ऋतिकले सन् २००० मा ‘कहो ना प्यार है’ फिल्मबाट बलिउडमा मुख्य अभिनेता रूपमा डेब्यु गरेका थिए ।

यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भयो । ऋतिकले ‘ब्याङ ब्याङ’, वार’, कृष’, ‘जोधा अकबर’, ‘सुपर ३०’ लगायत थुप्रै उत्कृष्ट फिल्ममा काम गरेका छन् । 

शाहरुख खानको ‘पठान’ र ऋतिकको ‘ब्याङ ब्याङ’‘वार’, ‘फाइटर’ निर्देशन गरिसकेका निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको सफलता पछाडिको मुख्य कारणबारे खुलेर कुरा गरेका छन् ।

उनले भारतीय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा भने, ‘जब ऋतिकले बलिउडमा डेब्यु गरे, उनले अभिनेताको परिभाषा नै परिवर्तन गरिदिए । उनी अभिनय, नृत्य र निर्देशन सबैमा अब्बल छन् । यस्तो बहुप्रतिभा कमै कलाकारमा हुन्छ ।’

सिद्धार्थका अनुसार ऋतिक आफ्नो प्रत्येक दृश्य (सिन) सुट गरेपछि अनिवार्य रूपमा मोनिटरमा गएर हेर्छन् । उनी केवल आफ्नो अभिनय होइन, सह-अभिनेताको अभिनय, लाइटिङ, क्यामेरा एङ्गल जस्ता सबै पक्षमा गहिरो ध्यान दिन्छन् ।

उनी सेटमा हुँदा एकदमै केन्द्रित रहन्छन् र काम बाहेक अन्य कुरामा ध्यान दिँदैनन् । सिद्धार्थ आनन्दले यही कारण नै उनको सफलपछिको राज भएको बताए ।

कान्तिपुर

Link copied successfully