सनी देओलको हातमा फिल्म नै फिल्म

सनी देओल अहिले ‘बोर्डर–२’ र ‘रामायण पार्ट–१’को काममा लागेका छन्, जसमा उनी रणवीर कपूरसँग हनुमानको भूमिकामा देखिनेछन्।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

A film is a film in the hands of Sunny Deol

काठमाडौँ — बलिउड अभिनेता सनी देओल अहिले दुई फिल्मको तयारीमा छन् । आगामी वर्ष(२०२६) उनका लागि खास हुन सक्छ ।अर्को वर्ष उनका फिल्म एकपछि अर्को रिलिज हुनेछन् । 

अहिले उनी ‘बोर्डर–२’ र ‘रामायण पार्ट–१’ मा व्यस्त छन् । उनका अरु फिल्म पनि एकपछि अर्को पाइपलाइनमा छन् ।

सनीको अर्को फिल्म ‘बाप’को पनि सुटिङ सकिसकेको छ । यो फिल्ममा सनीसँगै ज्याकी श्राफ, मिथुन चक्रवर्ती र सञ्जय दत्तले अभिनय गरेका छन् ।

सनीको ‘सूर्या’को काम पनि भइहेको छ । ‘रामायण–१’ मा भने सनीले रणवीर कपूरसँग फिल्ममा हनुमानको भूमिका निर्वाह गर्नेछन् ।

सनीको पछिल्लो समय फिल्म ‘गदर–२’ सुपरहिट भएको थियो ।

त्यसपछि रिलिज भएको ‘जाट’ भने अपेक्षा गरे अनुसार बक्स अफिसमा प्रदर्शन गर्न सकेन । सनीका अबका फिल्मले दर्शक र समीक्षकको कति साथ पाउँछन् ? त्यो भने पर्खाइकै विषय छ । 

कान्तिपुर

Link copied successfully