'अभिमन्यु : च्याप्टर–१'को गीतमा भ्योमाको र्‍याप

भ्योमाको शब्द, संगीत र स्वर रहेको गीतले पैसाको कारणले सम्बन्धमा आउने असरलाई उजागर गरेको छ ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Bhyoma's rap on the song of 'Abhimanyu: Chapter-1'

काठमाडौँ — भदौ २७ देखि प्रदर्शनमा आउने फिल्म 'अभिमन्यु : च्याप्टर–१'को गीत सार्वजनिक भएको छ । फिल्मको यो 'टाइटल ट्र्याक'मा भ्योमाको र्‍याप समावेश छ ।

फिल्मको शीर्षककै वरपर घुम्ने गीतले अभिमन्यूको चक्रव्यूका प्रसंग गीतमा उठाएको छ । पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्ध टुट्नेलगायतका विषय यो गीतमा समावेश छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारदेखि र्‍यापर भ्योमा नै देखिएका छन् । गीतमा भ्योमाकै शब्द, संगीत र स्वर छ । 

फिल्मको हिन्दी भर्सन भने असोज ६ मा प्रदर्शनमा आउनेछ । फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरि, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक हुन् सुशान्त गौतम । मुकेश खनालको लेखन फिल्ममा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुलीको रंग संयोजन, मदन घिमिरे सम्पादन छ । फिल्मलाई शरद महतोले खिचेका हुन् । 

कान्तिपुर

Link copied successfully